कुनैपनि लागूपदार्थ सुधार कार्यक्रममा, परिणामहरू फरक हुन्छन्।
|
|||
ग्रेजुएटहरू यसो भन्नुहुन्छ | ग्रेजुएटका परिवारले यसो भन्नुहुन्छ | सार्वजनिक सेवाको घोषणा |
"विश्व भरी जहाँसुकै जान तयार"
नार्कोनन ग्रेजुएट
म्याडी एम.
मैले १३ वर्षको उमेरदेखि नै नशालु पदार्थ लिन थालेको थिए। सबैभन्दा पहिले धुम्रपान गर्न थाले र बिस्तारै सप्ताहान्तमा साथीसँग बसेर पिउन थाले। १५-१६ वर्षको उमेरमा मैले "मली", "साइलडेलिक" चक्की र जे फेला पर्छ त्यही खान थाले। १७-१८ वर्षमा मैले नियमित रूपमा नशालु पदार्थ लिन थाले, मैले हिरोइन लिन सुरू गरे।
म स्कुल छाडेर सांगीतिक महोत्सवहरूमा जान थाले। र एकदिन एउटा कार्यक्रममा जान नपाएकाले मैले सबै थोक एकैपटक लिए। मैले साइकिडेलिक पनि लिए त्यपछि मलाईं अझै पनि याद छ, ट्रिप पछि अस्पतालमा ब्युँझिएको थिए।
मेरी आमा छेउमा बसेर रूँदै हुनुहुन्थ्यो, उहाँले मलाईं भन्नुभयो, “तिमी चार दिनसम्म कोमामा थियौ। तिमीलाई ओभरडोज भएर भुँइमा लड्यौ, तिमी भाग्यवानी रहेछौं तिमीलाई केही भएन। उहाँले भन्नुभयो, “अब सुधार केन्द्रमा जानुपर्छ” मैले भने, “हुन्छ, म जान्छुँ।”
नार्कोनन जाँदा म निकै डराएको थिए। के अपेक्षा गर्ने भनी मलाईं स्वयम् लाई थाहा थिएन। तर यहाँका सबै कर्मचारी ज्यादै सहयोगी र साथी जस्तै थिए। म धेरैपटक निकै आत्तिएको घटना पनि धेरै छ, म आफू स्वयम् र रिकभरी प्रक्रियाको सामना नै गर्न चाँहदैनथे, तर उनीहरूले मलाईं यसमा निकै मद्दत गरे।
यस प्रक्रियाको अन्त्यमा, मैले आफूलाई बच्चा जस्तै अनुभूति गरे। मेरो मतलब बुझ्नुभो नि! मैले फेरि एउटा परिपक्व मान्छेको जस्तै मानसिकता पाए।
किनकि यसले मानिसहरूलाई लागुऔषधको सेवन नगर्ने मात्र होइन लागुऔषध बाट नै टाढा बस्ने बनाउँथ्यो। उनीहरूले मलाईं लागुऔषधबाट टाढा रहने तथा कसरी आफूलाई नियन्त्रण गर्ने भनी सबै उपायहरू सिकाए। र मैले आत्मसमान कसरी प्राप्त गर्ने, मैले कसरी आफ्नो क्षमतालाई प्रोत्साहन दिने भनी सिके। मैले स्वयम् लाई माया गर्न सिके।