न्यु लाइफ
डिटक्सिफिकेसन
एल. रोन हब्बर्ड अनुसार न्यु लाइफ डिटक्सिफिकेसन, मानिसले लागुऔषध प्रयोग गर्न छोडेको धेरै समयसम्म पनि एल.एस.डी. अवशेषहरू मुख्यत: बोसोयुक्त तन्तुमा शरीरमा बसि रहन्छन्। यसले विगतमा एल.एस.डी. प्रयोग गरेका मानिसहरूले किन सात वर्ष पछि 'नसा” लाई एक्कासि पुन सक्रिय गर्न सक्छन् भन्ने कुरालाई व्याख्या गर्यो। थप अनुसन्धानले शरीरमा धेरै वर्षसम्म नकारात्मक असर देखाउने अन्य थुप्रै विषाक्त पदार्थहरू बाहिर निस्कन सक्छन् भन्ने कुरा देखायो।
उत्तर? न्यु लाइफ डिटक्सिफिकेसन कार्यक्रम अन्तर्गत, व्यायाम, सौनाको तापमा पसिना निकाल्ने प्रक्रिया, व्यायाम लगायत यसले तरल र पोषणको ध्यानपूर्वक निगरानी गर्दछ। यी पद्धतिहरूले मानिसले लागुऔषध प्रयोग गर्न छोडे पछि पनि शरीरमा रहेका—विषाक्त अवशेषहरूलाई टुक्र्याएर बाहिर निकाल्छ।
नार्कोनन कार्यक्रम पूरा गरेका व्यक्तिहरूलाई न्यु लाइफ डिटक्सको बारेमा सोध्नुहोस्। उनीहरूले तपाईंलाई आफ्नो शरीरमा थुनिएर रहेको लागुऔषध पसिनाबाट बगाएर तपाईंको शरीरमा नयाँ उर्जा, नयाँ जोस आएको र—लागुऔषधको इच्छाबाट मुक्त भएको नयाँ जीवन पाए भनेर बताउनेछन्।
न्यु लाइफ डिटक्सिफिकेसन कार्यक्रमले कसरी काम गर्छ
लागुऔषध अवशेषहरूबाट शरीरलाई मुक्त बनाउने। न्यु लाइफ डिटक्सले सही पोषण दिनुका साथै, व्यायाम र सौना पनि गराउँछ।


1. सबै प्राकृतिक भिटामिन रेजिमेन
लागुऔषध सेवन गर्दा गुमाएको पोषण पुन:प्राप्त गर्न, दैनिक रूपमा सही मात्रामा भिटामिन र यसका पूरकहरू लिनुपर्दछ। यी पोषणयुक्त पदार्थहरू डिटक्सिफिकेसन प्रगतिहरूको रूपमा बदलिँदै निरन्तर निगरानीमा रहन्छन्।

2. व्यायाम
व्यायामले, दौड प्रक्रियाद्वारा रक्त सञ्चारलाई बढाउँछ र नाइसिनले टुक्रिएको लागुऔषधको अवशेषहरूलाई शरीरबाट बाहिर निकाल्छ।

3. सौना
सौनामा बिताएको समयले व्यक्तिलाई सँच्चिनै विषालु पदार्थहरू प्राकृतिक रूपमा पसिनाबाट निकाल्न सहयोग गर्छ।
"मलाईं फेरि जीवन प्रति आशा पलाउन थाल्यो। यो आवश्यक थियो। सौना कार्यक्रम बिना म अहिले जहाँ छुँ त्यहाँ हुन्न थिए होला।"
