OUR BIOCHEMICAL SOCIETY

हामी एक रसायन-उन्मुख समाजमा बस्छौं।

अहिलेको सभ्यतामा यो तथ्यले प्रभावित नगरेको कुनै एउटा व्यक्ति भेट्न मुश्किल हुन्छ। प्रत्येक दिन बहुसंख्यक मानिसहरू खाद्यान्न प्रिजर्भेटिभ तथा वायुमण्डलीय विष तथा किटनाशक सहितका अन्य रसायनिक विषहरू सेवन गर्न बाध्य हुन्छन्। त्यस्तै यो सूचीमा चिकित्सकहरूले सिफारिस गर्ने दुखाइ कम गर्ने चक्की, ट्रङ्क्विलाइजर, मनोरोग सम्बन्धी तथा अन्य मेडिकल औषधीहरू पर्दछन्। यसको अतिरिक्त गाँजा, एल.एस.डी., कोकिन तथा अन्य अवैधानिक लागुऔषधहरू अधिक मात्रामा प्रयोग गर्नाले स्थितिलाई झन जटिल बनाउँछ।

यी तत्वहरू सबै जैविकरसायन सम्बन्धी समस्याका भाग हुन्।

BIOCHEMICAL को अर्थ शरीर तथा रसायनिक वस्तुहरू बीचको अन्तर्क्रियालाई जनाउँछ।

BIO- को अर्थ सजिव प्राणीहरूको जीवन; ग्रीकमा bios को अर्थ, जीवन जिउने तरिका भन्ने बुझिन्छ।

CHEMICAL को अर्थ रसायनिक तत्वहरूसँग सम्बन्धित कुरालाई जनाउँछ। रसायनहरू पदार्थको प्रमुख निर्माण सामाग्रीको रूपमा रहेका साधारण वा जटिल रसायनिक तत्वहरू हुन्।

मानव शरीर केही निश्चित रसायनिक तत्व तथा यौगिकहरूले बनेको हुन्छ र यस भित्र निरन्तर एउटा जटिल रसायनिक प्रक्रिया चलिरहन्छ। पोषण तत्व, हावा तथा पानी जस्ता केही तत्वहरू यी प्रक्रियाहरूको निरन्तरताका लागि तथा शरीरको स्वास्थ्य कायम गर्ने प्रयोजनका लागि निकै नै महत्वपूर्ण हुन्छन्। अन्य तत्वहरू शरीरमा प्रविष्ट भएपछि कुनै पनि प्रकारले फाइदा वा हानी नगर्ने भएकाले तुलनात्मक रूपमा तटस्थ हुन्छन्। केही अन्य तत्वहरू यस्ता पनि छन् जसले शारीरिक कार्यलाई रोकेर र शरीरलाई बिरामी पार्न वा ज्यान लिन सक्छन्।

यो अन्तिम वर्गमा पर्ने विषालु पदार्थहरूमा ती तत्वहरू पर्दछन् जसले शरीरको सामान्य रसायनिक सन्तुलनलाई बिगार्ने वा शारीरिक प्रक्रियामा हस्तक्षेप गर्ने काम गर्छन्। यो शब्द लागुऔषध, रसायन जीवको लागि विषालु वा हानिकारक देखिएका अन्य तत्वहरूलाई बुझाउन प्रयोग हुन्छ।

DETOXIFICATION जस्तै शरीरबाट विष वा विषालु असर हटाउने भन्ने बुझिन्छ।

प्रशस्त मात्रामा रहेका विषालु तत्वहरू

थुप्रै पदार्थहरूलाई टक्सिक तत्वहरूको रूपमा लिइएको छ र, ती पदार्थहरूको असर तथा तिनीहरू माथि नियन्त्रण प्राप्त गर्ने विभीन्न सम्भावनाहरूको बारेमा लेखिएकोछ। प्रकाशन तथा समाचार-पत्रका प्रतिवेदनमा यस सम्बन्धी धेरै उदाहरणहरू पाउन सकिन्छ।

हालको वातावरणमा जीवन-प्रतिकूल तत्वहरू भरिएका छन्। लागुऔषध, विकिरण फोहोर, प्रदुशक तथा सबै प्रकारका रसायनिक तत्वहरू सबै तिर व्याप्त हुनका साथै समय बित्दै जाँदा यिनको प्रसार झन व्याप्त हुँदैछ। अझ भन्ने हो भने ती तत्वहरू यति व्याप्त छन् कि यिनीहरूबाट टाढा बस्नु लगभग असम्भव जस्तै भइसकेको छ।

उदाहरणको लागि, बन्द गरिएको तरकारी वा सुपमा हालिने केही कुराहरूमा विषालु पदार्थहरू हुन सक्छन्। त्यसरी हालिने कुरालाई प्रतिरक्षक भनिन्छ र यी तत्वहरूले कुनै कुरालाई बिग्रनबाट बचाउँछ। सडेगलेका खानेकुराहरूले हाम्रो पाचन तथा कोषिय प्रक्रियामा असर गर्दछ। अर्को शब्दमा, यस्ता कुराहरूले उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने भएकाले उत्पादकका लागि निकै महत्वपूर्ण हुन्छन् भने उपभोक्ताका लागि निकै नै खराव हुन सक्छन्। यसको मतलब म खाने कुरा वा प्रतिरक्षक तत्वहरूको विरूद्धमा छुँ भन्ने होइन। मेरो तर्क के हो भने मानिसहरूको वरिपरि विषालु तत्वहरू छन्।

खाद्यपदार्थमा हुने प्रतिरक्षक तत्वहरूको उदाहरणले मात्र हामीले दैनिक जीवनमा कति मात्रामा विषालु तत्वहरूको उपभोग गर्नु पर्छ भन्ने कुरा प्रष्ट हुन्छ।

तर यसमा धेरै देशका दुश्मनहरूले व्याप्त लागुऔषध दुर्व्यसनलाई विजयको संयन्त्रको रूपमा प्रयोग गर्ने गेरको र देशहरू बीचमा न्युक्लियर हतियारहरूको उत्पादन तथा परिक्षणमा प्रतिस्पर्धा (र वातावरणमा रेहको विकिरण वस्तुहरूको मात्रा बढाइरहेको)गर्ने गरेको पाइन्छ। र त्यसपछि दुखाइ कम गर्ने औषधी तथा सेडेटिभहरू, औद्योगिक तथा कृषिजन्य विषको बढ्दो प्रयोग तथा रसायनिक युद्धका लागि विकास गरिएका विषालु तत्वहरूको तयार उपलब्धतालाई पनि जोड्नुहोस्। अर्थात,(स्पष्ट भएर भन्नुपर्दा) यस समयमा यो समाज विषालु तत्वको दलदलमा फसेको छ।

व्यक्ति तथा समाजका लागि घातक हुने त्यस्ता तत्वहरू सम्बन्धी निश्चित तथ्याङ्कहरूले जैविकरसायनिक परिस्थितिको गम्भीरता माथि प्रकाश पार्छ। यस परिस्थितिमा शुद्धिकरण कार्यक्रम प्रति ध्यान दिनुपर्दछ।

लागूऔषध

वास्तवमा लागुऔषधहरू विषालु हुन्छन्। प्रयोग हुने मात्राले तिनीहरूबाट पर्ने असर निर्धारित गर्ने गर्दछ। सानो मात्राले उत्प्रेरकको रूपमा काम गर्छ (सक्रियता बढाउँछ)। ठूलो मात्राले सेडेटिभको रूपमा काम गर्छ (सक्रियता समाप्त पार्छ)। ठूलो मात्रामा प्रयोग गर्नाले यो विष बन्न जान्छ, जसले व्यक्तिको ज्यान लिन पनि सक्छ।

यो कुरा जुनसुकै लागुऔषधमा पनि लागू हुन्छ र प्रत्येकको फरक-फरक प्रयोग अनुपातले परिणाम दिने गर्दछ। क्याफिन एउटा लागुऔषध हो, त्यसैले कफी एउटा उदाहरण हो। एक सय कप कफीले सम्भवत: मानिसको ज्यान नै जान सक्छ। दस कपले सायद मान्छेलाई सुताउँछ। दुई वा तीन कपले उत्तेजित बनाउँछ। यो एकदमै सामान्य लागुऔषध हो। यो धेरै हानिकारक नभएकाले यसले असर गर्न धेरै समय लाग्छ। त्यसैले यो उत्तेजक औषधीको रूपमा चिनिन्छ।

आर्सेनिक एक परिचित विष हो। थोरै मात्रामा लिइने आर्सेनिकले उत्तेजकको काम गर्छ, अत्यधिक मात्रामा यसको प्रयोग गर्नाले मान्छेलाई सुताउँछ तथा केही ग्रेनहरूले ज्यान लिन सक्छ।

अवैधानिक लागुऔषधहरू

यो लागुऔषधको समस्या विश्वभरी नै देखिएको छ र मानिसहरूको रगतमा तैरिरहेको छ तथा मानिसहरूको दुर्गतिको कारण बनेको छ।

अनुसन्धानले हाम्रो हालको संस्कृतिमा उपस्थित सबैभन्दा विधङ्सात्मक तत्व भनेको लागुऔषध हो भन्ने कुरा देखाएको छ।

अनुसन्धानले “लागुऔषध व्यक्तित्व” नामक चिज पनि छ भन्ने कुरा स्थापित गरिसकेको छ। यो कृतिम हुन्छ र लागुऔषधको कारणले यसको सिर्जना हुन्छ।

एल.एस.डी., हिरोइन, कोकिन, गाँजा जस्ता लागुऔषधहरूको व्याप्त प्रयोग र अवैधानिक नयाँ लागुऔषधहरूले हाम्रो समाजलाई कमजोर बनाउने गर्दछन्। विद्यालय जाने बालबालिकहरूलाई समेत लागुऔषध सेवन गर्न बाध्य पारिन्छ। लागुऔषध लिने महिलाका बच्चाहरू ड्रगिजको रूपमै जन्मिन्छन्।

यस्ता केही लागुऔषधहरूले मस्तिष्क तथा स्नायु नष्ट गर्न सक्ने कुरा पत्ता लागेको छ। भविष्य उज्वल पार्न कार्यरत हुनुपर्ने कलेजका विद्यार्थीले निकै मन पराउने गाँजाले मस्तिष्क क्षति गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ।

अनुसन्धानले “लागुऔषध व्यक्तित्व” नामक चिज पछि छ भन्ने कुरा स्थापित गरिसकेको छ। यो कृतिम हुन्छ र लागुऔषधको कारणले सिर्जना गरिन्छ। लागुपऔषधले व्यक्तिहरूको वास्तविक व्यक्तित्व परिवर्तन गरेर उनीहरूमा कटुरता र घृणाको भावना सिर्जना गर्छ जसले गर्दा उनीहरूलाई उनीहरूको वास्तविक स्वभावमा आउन दिदैँन। यो कुरा सबै मामिलामा सही नभए पनि यसले लागुऔषध र बढ्दो अपराध, घट्दो उत्पादकत्व तथा सामाजिक र औद्योगिक संस्कारको आधुनिक पतन बीचको सम्बन्ध स्थापित गर्छ।

लागुऔषधको विनाशकारी शारीरिक प्रभावहरू नियमित रूपमा समाचार-पत्रका शीर्ष विषय-वस्तु हुने गरेका छन्। त्यस्तै यिनले मानसिक जागरूकता तथा कुनै व्यक्तिको नैतिक चरित्रलाई भङ्ग गर्ने गर्दछ।

अवैधानिक लागुऔषधहरू भीषण तथा हानिकारक भए पनि यिनीहरू जैविकरसायनिक समस्याको एक भाग मात्र हुन्।

चिकित्सकीय तथा मनोरोगका औषधीहरू

चिकित्सकीय तथा विशेष रूपले मनोरोगका औषधीहरू (रिटालिन, भ्यालियम, थोराजाइन तथा लिथियम जस्ता) अवैधानिक लागुऔषधहरू जत्तीकै हानिकारक हुन सक्छन्। अहिले प्रयोगमा रहेका यी औषधीहरूको व्याप्तता यो समस्यासँग अपरिचित व्यक्तिका लागि अचम्मलाग्दो हुन सक्छ।

सेडेटिभहरू प्राय सबै रोगको उपचारको लागि प्रयोग गरिने औषधीको रूपमा लिइन्छ। १९५१ तिर, धेरै मान्छेहरू निन्द्राका चक्की वा दुखाइ कम गर्ने चक्कीहरू लिन यति बानी परिसकेका थिए कि उनीहरू आफूले सेवन गर्ने “स-साना चक्कीहरू” लाई लागुऔषध नै ठान्दैनथे।

सामान्यतया हाम्रो दृष्टिकोण यस्तो हुन्छ “मैले दुखको कारण थाहा नपाए पनि कमसेकम यो पिडालाई म कम गर्नेछुँ।" मानसिक रोगीको सन्दर्भमा त झन हाम्रो दृष्टिकोण यस्तो हुन्छ, “यदि यसलाई होसमा ल्याउन सकिएन भने पनि कम्तिमा शान्त पार्न त सकिन्छ।”

दुर्भाग्यबस हामी यस कुरामा ध्यान दिदैँनौ कि पिडा कम गर्न सेडेटिभ प्रयोग गरिरहेको व्यक्तिलाई त्यही सेडेटिभले ज्यान लिन्छ र यो मृत्यु जत्तिकै पिडादायी हुन्छ। बुझ्नु पर्ने कुरा के हो भने संसारका सबैभन्दा शान्त व्यक्तिहरू मृत व्यक्ति सरह हुन्।

मादकपदार्थ एक प्रकारको लागुऔषध हो। मादकपदार्थ सेवनको मात्रा (मात्रा तथा बारम्बारता) अनुसार कुनै व्यक्ति अत्यधिक सेवनकर्ता हो कि होइन भन्ने कुरा निर्धारण गर्छ।

मादकपदार्थ

मादकपदार्थ मन-बदल्ने लागुऔषध नभएर जैविकरसायन-बदल्ने लागुऔषध हो। मादकपदार्थले मनलाई केही गर्दैन; यसले स्नायुमा असर गर्छ। शरीरमा भएको भिटामिन बि १ लाई चाडै नै सोसेर यसले स्नायुहरूलाई सही तरिकाले काम गर्न नसक्ने बनाउँछ।

जसले गर्दा व्यक्ति आफ्नै शरीरलाई नियन्त्रण गर्न सक्दैन। मादकपदार्थ थोरै मात्रामा प्रयोग गर्नाले उत्तजेक बनाउँछ तथा यसको अत्यधिक प्रयोगले व्यक्तिको पिडा कम गर्दछ।

मादकपदार्थको अत्यधिक सेवनकर्ता भनेर त्यस्तो व्यक्तिहरूलाई भनिन्छ जसलाई एक पेगले मात्र पुग्दैन। एउटा पेग पिएपछि उनीहरूलाई अनिवार्य रूपमा अर्को पेग पनि चाहिन्छ। उनीहरू कुलतमा हुन्छन्। उनीहरूका अगाडि गिलास भरी हुनु पर्छ। गिलास रित्तियो भने फेरि भरिनु पर्छ।

मादकपदार्थ सेवनकर्ताहरू आफू वरिवरि रहेका हरेक कुरा वा व्यक्तिहरूलाई पूर्ण रूपले शत्रूवत व्यवहार गर्छन्। उनीहरू अन्य व्यक्तिहरूसँग बिना कारण झगडा गर्दछन्।

मादकपदार्थ एक प्रकारको लागुऔषध हो। मादकपदार्थ सेवनको मात्रा (मात्रा तथा बारम्बारता) ले कुनै व्यक्ति अत्यधिक सेवनकर्ता हो कि होइन भन्ने कुरा निर्धारण गर्छ।

व्यवसायिक प्रक्रिया तथा उत्पादनहरू

हालैका वर्षहरूमा विभिन्न व्यवसायिक प्रक्रिया तथा उत्पादनमा सामान्यतया प्रयोग हुने तत्वहरूको सम्भाव्य विषालु प्रभाव तथा यस्ता तत्वहरू कुन हदसम्म यो ग्रहबासीहरूको शरीरमा प्रवेश गर्दछन् भन्ने बारेमा धेरै अनुसन्धानहरू गरिएका छन्। यो अनुसन्धानले प्रकाशित गरेका केही उदाहरणहरू निम्न अनुसार दिइएको छ।

औद्योगिक रसायनहरू

यो शीर्षक अन्तर्गत उत्पादनमा प्रयोग हुने लाखौं रसायनहरू पर्दछन्। निश्चय पनि सबै रसायनहरू विषालु हुँदैनन्। तर किटनाशक, पेट्रोलियम उत्पादन, प्लाष्टिक, डिटरजेन्ट तथा धुलाइ सम्बन्धी रसायन, घोलक, जलप लगाइएका धातु, प्रतिरक्षक, लागुऔषध, एब्सेटस उत्पादन, रसायनिक मल, केही सृंगारका साधन, सुगन्ध, रङ्ग, डाइ, विद्युतीय उत्पादन वा अन्य कुनै विकिरण सामग्री वा प्रयोग गर्ने फ्याक्ट्रीहरूमा काम गर्ने कामदारहरू लामो समयसम्म विषालु तत्वहरूको सम्पर्कमा आउन सक्छन्। निश्चय पनि ग्राहकहरूले त्यस्ता उत्पादनहरूको प्रयोग गर्दा ती प्रकारका रसायनहरूको अवशेषको सम्पर्कमा आउन सक्छन्।

कृषिजन्य रसायनहरू

कृषिजन्य क्रियाकलाप गर्ने कामदारहरू सम्पर्कमा आउन सक्ने विषालु पदार्थ भनेको किटनाशक औषधीहरू हुन्। यस्ता किटनाशक औषधी अन्तर्गत किरा मार्ने औषधी, अनावश्यक झार मार्ने औषधी तथा मानव निर्मित रसायनिक मल आदि पर्दछन्।

अनावश्यक झार मार्ने औषधीहरूमा “डायोक्सिन” नामक रसायन अत्यन्तै थोरै मात्रामा भएपनि यसलाई एकदमै विषाक्त रसायनको रूपमा लिइन्छ।

हामी विभिन्न तरिकाले कृषिमा प्रयोग हुने विभिन्न रसायनहरूको सम्पर्कमा आउँछौं। यो रसायन विरूवामा हुने सक्ने भएकाले हामी यसलाई खान पनि सक्छौं। यो हावामा पनि उड्न सक्ने भएकाले कृषि क्षेत्रमा बस्ने वा काम गर्ने व्यक्तिहरूले सास फेर्दा यो विषाक्त रसायन शरीर भित्र प्रवेश हुन सक्छ। यो खानेपानीमा पनि हुन सक्छ।

खाद्यान्न, खाद्यजन्य पदार्थ तथा प्रतिरक्षक पदार्थहरू

यि यस्ता तत्वहरूलाई व्यवसायिक रूपमा प्रशोधित खाद्यान्नमा रंग ल्याउन, स्वाद बढाउन वा माथि भनिए जस्तै सो खाद्यान्नलाई कुहिनबाट जोगाउन प्रयोग गरिन्छ। त्यस्तै, “डाइट” हल्का पेय पदार्थ तथा अन्य व्यवसायिक रूपमा तयार पारिने खाद्यान्नमा मिठास ल्याउन यस्ता तत्वहरू पनि बढ्दो रूपमा प्रयोग गरिएको छ। यी “इनह्यान्सर” र “स्विटनर” तथा “प्रिजर्भर” मा गरिएका अनुसन्धान अनुसार यिनीहरू मध्ये केही तत्वहरू निकै नै विषालु भएको कुरा पत्ता लगाइएको छ। खाद्यजन्य पदार्थ तथा प्रतिरक्षक पदार्थको विषयमा धेरै मान्छेहरू चिन्तित हुन थालेका छन्।

खाद्यान्न सम्बन्धी यो विषयको अर्को पक्ष पनि छ। अनुसन्धानबाट प्राप्त परिणामहरूले दुर्गन्धयुक्त तेलले हामीले सोचेभन्दा धेरै मात्रामा जोखिम सृजना गर्छ भन्ने कुरा देखाएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार पकाउने काम वा खाद्दान्नहरूको व्यवसायिक प्रशोधनमा प्रयोग हुने बासी, दुषित तथा दुर्गन्धित तेलले पाचन र मांसपेशी सम्बन्धी रोगका साथै क्यान्सर पनि निम्त्याउन सक्ने सम्भावना हुन्छ।

सुगन्ध र सुवास

हालैका दिनमा हरेक प्रकारका उत्पादनमा हुने सुगन्ध तथा सुवाशहरूको प्रयोग दिन प्रतिदिन बढ्दै छ। कपडा, कपडा धुने डिटरजेन्ट, अनुहारमा प्रयोग गर्ने टिस्यु तथा पत्रिकाका विज्ञापनहरू लगायतका हरेक कुरामा सुवास दिने तत्व राखिएको हुन्छ। उक्त सुवास दिने तत्व सामान्यतया कोइलाको टारबाट बनाइएको एक सस्तो रसायनिक पदार्थ हो र यसको ५०-ग्यालन ड्रम टार बराबर १० ओटा सेन्टको मूल्य बराबर हुन्छ। अनुसन्धानले बजारमा “सुवास” को रूपमा बेचिने यी तत्वहरू वास्तवमा विषालु हुन्छन् तथा त्यहाँ बेचिने खाद्यान्नको सम्पर्कमा आएको हुन सक्छन् भन्ने कुरा देखाएको छ। यस्ता रसायनहरूको सेवन गर्नाले यसले हाम्रो पाचन प्रणालीमा असर गर्दछ।

विकिरण

तपाईंले निश्चय पनि समाचारमा न्युक्लियर हतियार परिक्षण (वा तिनले वायुमण्डलमा छोड्न सक्ने विकिरणिय कणहरू), न्युक्लियर फोहोर वा विकिरणिय सामग्री प्रयोग गर्ने केही उत्पादन प्रक्रियाको माध्यमबाट विकिरणको सम्पर्कमा आउन सक्छौं भन्ने कुरा देख्नु भएको छ। यसकासाथै, उचित प्रविधि र संरक्षण गर्ने साधनको विकास नगरिकन विद्युतीय आपूर्तिको लागि गरिने आणविक शक्तिको बढ्दो प्रयोगले गैर सैनिक त्रास सृजना गर्छ। र वर्षै पिच्छे प्रदुषकहरूले माथिल्लो वायुमण्डलमा गर्ने क्षतिले पनि बढ्दो मात्रामा सौर्य विकिरण पृथ्वीको सतहमा छिर्न दिन्छ।

अर्को शब्दमा, हामीहरू धेरै तरिकाबाट विकिरणको सम्पर्कमा आउन सक्छौं। वायुमण्डल भरि विकिरण छ र सधैँ रहिरहनेछ। तर अहिलेको बढी मात्रामा छ।

सूर्यको पुजा गर्ने व्यक्ति, घाम ताप्ने व्यक्ति तथा सिधै सुर्यको प्रकाश भएको ठाउँमा काम गर्ने व्यक्तिहरू विकिरणको सम्पर्कमा आउँछन्। सूर्य के हो त, विकिरणले भरिएको एउटा बल मात्र हो? सुर्य बाहेक अन्य कतै पनि विकिरण सम्बन्धी उदाहरण पाउन सक्दैनौ। त्यसैले घामले पोल्नु भनेको अधिक बाहिरी तापको कारणले नभएर विकिरणको कारणले पोल्छ। निश्चित मात्राको सूर्यको प्रकाश स्वस्थ शरीरका लागि महत्वपूर्ण हुन्छ। हामी यहाँ विकिरणसँगको अत्यधिक सम्पर्कको बारेमा कुरा गरिरहेका छौं। कुनै व्यक्ति घामले नजलेको भएता पनि लामो समयसम्म सूर्यको प्रकाशको सम्पर्कमा आउनाले प्रति सेकेण्ड उक्त व्यक्तिलाई असर गरिरहेको हुन्छ।

एक्स-रे ले पनि हामीलाई विकिरणको सम्पर्कमा ल्याउँछ। तिनीहरू आणविक विखण्डन जत्तिकै घातक हुन्छन्। एक्स-रे ले त्यति ठूलो खतरा गर्दैन; भयङ्कर विस्फोटन हुँदैन न त शहरहरू नै नष्ट हुन्छन्। बारम्बार एक्स-रे को सम्पर्कमा आउनाले कुनै व्यक्तिमा धेरै नै विकिरण भण्डारण गर्न सक्छ र त्यसपछि अधिक विकिरणले गर्दा उक्त व्यक्तिलाई बिरामी बनाउन सक्छ। कुनै व्यक्तिमा बारम्बार, निरन्तर रूपमा एक्स-रे गर्नाले जे पनि हुन सक्छ तथा आणविक विखण्डनले बायुमण्डललाई प्रदुषित गरे झै मानव शरीरलाई पनि असर गर्छ।

विकिरणिय वायुमण्डलमा मानिसहरू अस्वस्थ हुँदै जान्छन्। मानिसहरू जति बढी विकिरणको सम्पर्कमा आउँछन् उनीहरूको प्रतिरोधक क्षमता कम हुँदै जान्छ तथा विकिरणले उनीहरूलाई त्यति नै बढी असर गर्छ। अर्को शब्दमा, समय बित्दै जाँदा माथि उल्लेखित कुनै पनि स्रोतबाट विकिरण सञ्चय भएर शरीरमा भण्डारण हुन्छ। विकिरण थपिदै जाने खालको हुने हुनाले यसले जैविक-रसायनिक समस्यालाई जटिल पारेर ठूलो बाधा सिर्जना गर्छ।

जैविकरसायन दुनियाँको लागि उत्तर

माथि उल्लेखित कुराहरू माथि प्रकाश पार्दै शुद्धिकरण कार्यक्रम नै यो जैविक-रसायनिक समस्याको प्रस्तावित उत्तर हो। अहिलेको जस्तो लागुऔषध तथा विषालु पदार्थ व्याप्त समाजमा भएको यस्ता सामाग्रीहरूको सञ्चयको व्यवस्थापन गर्ने कार्यमा सबै जानाले रूचि देखाउनु जरूरी छ।

यस्ता सञ्चयहरूको व्यवस्थापन गर्न सक्ने जुनै सुकै प्रक्रियाको सन्दर्भमा सोधिने प्रश्नहरू निन्न हुन सक्छन् “यसले काम गर्छ ?” “यसले सही परिणाम दिन्छ?”

यी प्रश्नहरूको उत्तर व्यवहारिक अनुभव तथा विषालु पदार्थको हानिकारक असरबाट कुनै व्यक्तिलाई मुक्त गर्ने पद्धति निर्माण गर्ने आधारभूत आविष्कारहरूको बुझाइको माध्यमबाट दिइन्छ।